पूर्व पत्नीको फिल्ममा आमिर खान अश्वीकृत

मुम्बई । अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् ।
किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो ।
यो फिल्ममा आमिरसँगै प्रतीक बब्बर र मोनिका डोगराको अभिनय थियो । तर आमिरको उपस्थितिले दर्शकलाई हलमा तान्न सकेन । ‘लापता लेडिज’ नामअघि यसको नाम ‘लापता लड्की’ राखिएको थियो । तर स्क्रिप्टमा केही परिवर्तन गरिएपछि नाम पनि फेरियो ।
फिल्मका कलाकारको कास्टिङका लागि किरणले अडिसन लिएकी थिइन् । त्यो समय आमिर आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ को सुटिङमा व्यस्त थिए । त्यहीबेला उनले फिल्मका लागि अडिसन दिएका थिए, तर किरणले उनको अडिसनलाई स्वीकारिनन् ।
‘स्क्रिन टेस्टपछि किरण र मैले म यो फिल्मका लागि फिट छैन भन्ने कुरामा सहमति जनायौं । त्यसपछि मैले किरणलाई तिमीलाई अन्तिम समयसम्म पनि कुनै कलाकार मिलेन भने म काम गर्नेछु भनें’, आमिरले भनेका छन् । ‘लापता लेडिज’ले एक गाउँको दुई बेहुलीको कथा बोल्नेछ, जो एकसाथ गाउँबाट गायब हुन्छन् । फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव र छाया कदम प्रमुख भूमिकामा छन् ।










सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया