रुसी गोलाबारीमा १२ जनाको मृत्यु

किभ । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । निप्रोपेत्रोभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा अन्यको मृत्यु भएको बताएका छन् ।
जापोरिज्जिया युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रको घर हो । दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन् ।
रुसले युक्रेनमा विस्फोटका शृंखला घटाएको बताइरहेका बेला पछिल्लो विस्फोटको घटना सार्वजनिक भएको हो ।
त्यसअघि रुसी एयरबेसमा शृंखलाबद्ध विष्फोटमा एक जनाको मृत्यु भएको विवरण सार्वजनिक भएका थियो । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको युद्ध क्रिमियाबाट सुरु भएको र यसको मुक्तिसँगै अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘क्रिमिया युक्रेनी भूभाग हो र हामी यसलाई कहिल्यै छोड्ने छैनौं’, उनले भने । क्रिमिया आधिकारिक रुपमा युक्रेनको महत्वपूर्ण भूभाग हो । तर, सन् २०१४ मा एक जनमत संग्रहपछि रुसले कब्जा गरेको थियो । यस कार्यलाई अन्तर्राष्ट्रिय समुदायले अवैध रूपमा हेर्दै आएको छ । युक्रेनीहरूले यसलाई रूससँगको युद्धको कारकको रूपमा हेर्छन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया