बझाङमा एकै परिवारका तिन जना मृत फेला
श्रीमान विदेशबाट आएकै दिन गीता र छोराछोरीको मृत्यु कसरी भयो ?

काठमाडौं । बुधबार विहान ६ बजे बझाङ जिल्लाको बङ्गुल नगरपालिका वडा नंबर-९ को एकै परिवारका तिन जना मृत अवस्था फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
बङ्गलु नगरपालिका वडा नंबर ९ का वडाअध्यक्ष हरिश बहादुर सिंहका अनुसार बुधबार विहान घास काट्न गएका स्थानियले उनिहरु तिनै जनालाई मृत अवस्थामा फेला पारेको हो । सोही समयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
हिजो मात्रै मृतक गीताको श्रिमान भारतबाट घर आएको बङ्गलु नगरपालिका वडा नंबर ९ का वडाअध्यक्ष हरिश बहादुर सिंहले मेरोन्यूजलाई बताए । उनले भने,‘हिजो मात्रै गीताका श्रिमान पुष्कर पार्की भारतबाट घर आएको रहेछ ।, राति सुतेको अवस्थामा नै उनिहरु उठेर गएको देखिन्छ, राति नै उनको श्रीमानले सोधखोज गरेको स्थानियबाट थाहाँ पाईयो ।’
घटनास्थलमा प्रहरीले अनुससन्धान गरिरहेको छ । र जिल्ला प्रहरी कार्यालयको टोली समेत घटनास्थल तर्फ आउँदै गरेको वडाध्यक्ष सिंहले जानकारी दिए ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिनिधि सभा चुनाव : काठमाडौँ – १० मा नयाँलाई मौका
प्रतिक्रिया