लमजुङमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिए
मेरोन्यूज
२०७९ साउन २५ गते १६:४१

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष र एक हजार पाँच सय ५१ महिला मतदाता छन् ।
गत १ असारदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाताले नाम लेखाएका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय गरी दुई स्थानमा नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सिर्जना मिश्रले बताइन् ।
लमजुङमा जिल्लाबाहिरका ५६ जना मतदाताले पनि नाम दर्ता गराएका छन् । यससँगै जिल्लामा कुल मतदाताको संख्या एक लाख ३४ हजार आठ सय २१ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लमजुङमा एक लाख ३१ हजार चार सय ९४ मतदाता थिए ।
सम्बन्धित















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया