अग्नि ग्रुपले ल्यायोे महिन्द्रा गाडीका लागि ७० प्रतिशतसम्म लगानीको योजना

काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलताको भावनालाई सहयोग गर्ने प्रयास हो ।
बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ र आफ्ना ग्राहकहरूलाई झण्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारी साधनका मालिक बन्न सहज तुल्याउन चाहन्छ ।
“हामी एकल प्रक्रिया (वान विन्डो अप्रोच)का साथ हाम्रा ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन चाहन्छौं, त्यसैले हामीले हाम्रो आन्तरिक समूह कम्पनीसँग मिलेर यसमा काम गरेका छौं,” कम्पनीले भनेको छ, सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । फाइनान्सिङको अधिकतम अवधि ५ वर्षसम्मको हुनेछ र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्नेछ । यो योजनामा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा हुनेछ, जसको उद्देश्य ग्राहकहरूको भार कम पार्नु हो । यो योजना नेपालभर लागू हुनेछ र केही नियम तथा शर्तहरू लागू हुनेछन् ।
अग्नि हायर पर्चेजको बारेमा
अग्नी हायर पर्चेज प्रा.लि. अग्नी ग्रुपको सहायक कम्पनी हो जसको स्थापना सन् २०१४ मा भएको थियो । यस अग्नी हायर पर्चेज प्रा.लि. ले नेपाली बजारमा उपलब्ध सम्पूर्ण प्रकारका कृषि, औधोगिक, व्यवसायीक वा व्यक्तिगत प्रयोजनका नया“ तथा पुराना सवारी साधनहरु, मेशिनरी औजारहरु तथा उपकरणहरु खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पूर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी कर्जा प्रदान गर्दछ । यो कम्पनी नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोबार गर्न इजाजतपत्र प्राप्त सस्थां हो ।
















शिवालयमा दर्शनार्थीको घुइँचो
आज महाशिवरात्रि पर्व : पशुपति दर्शनका तीन बाहिरी लाइन,चारवटै ढोका खुला
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २६३औँ सेना दिवस मनाइँदै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया