“रिचिङ द पिनाकल” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं । “रिचिङ द पिनाकल २०७९÷८०” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको छ ।
आ.व. २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व हामी माथि आएकोले आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिनुभएको थियो ।

कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले के एफ ए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन श्री रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
आ.व. २०७८÷७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखाकार्यालय लगाएत बार्षिक लक्ष्य पुरा गर्ने शाखाकार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया