यो वर्षको दाहाल यज्ञनिधि पुरस्कार महावीर पुनलाई

काठमाडौं । यो वर्षको दाहाल यज्ञनिधि ‘जदौ’ पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिने भएको छ ।
बुधबार साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा उनको नाममा स्थापना भएको पुरस्कार पहिलो पटक महावीर पुनलाई प्रदान गर्ने घोषणा भएको हो ।
पुरस्कारको राशी एक लाख ५० हजार रूपैयाँ रहेको दाहाल यज्ञनिधि सुधा सदनका सचिव ठाकुर बेल्बासेले जानकारी दिए । पुन देश बाहिर रहेकाले उक्त पुरस्कार भदौ ४ गते शनिबार राजधानीमा विशेष कार्यक्रम गरेर प्रदान गरिनेछ ।
दाहालको नाममा यसै वर्ष काठमाडौँ जिल्ला प्रशासनमा ‘दाहाल यज्ञनिधि सुधा सदन’नामक संस्था दर्ता भएको हो । संस्थाको अक्षयकोशमा ५१ लाख रूपैयाँ राखिएको छ । अक्षय कोषको व्याजबाट दाहालका कृति प्रकाशन, स्मृतिग्रन्थ प्रकाशन, शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट प्रतिभालाई सम्मान गरिने संस्थाका उपाध्यक्ष डा. रमेश शुभेच्छुले जानकारी दिए ।
त्यस्तै दाहाल यज्ञनिधिले लामो समय शिक्षण गरेको दरबार हाइस्कुलमा पढ्ने कक्षा ८ का छात्रछात्रामध्ये नेपाली विषयमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई २० हजार पुरस्कार प्रत्येक वर्ष संयुक्त रूपमा दिइने निर्णय गरिएको छ ।
कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न भएको दाहाल यज्ञनिधिको चौंथो श्रद्धाञ्जली सभामा डा. केदार न्यौपाने, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, डा. विष्णु राई, लोचन भट्टराई, श्रवण मुकारुङ, प्रह्लाद पोखरेल, धिरेन्द्र प्रेमर्षि, अभय श्रेष्ठ, अनिल पौडेल., गोविन्द नेपाल, सूर्यप्रसाद डुम्रे, डम्बर घिमिरे, प्रकाश सिलवाल, त्रिभुवनचन्द्र वाग्ले, भावकेशर बराल, गोविन्द आचार्य, पारु तिमल्सिना, गीता सापकोटा, मुना बोहोरा, श्रीतेष थापाले कविता वाचन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि दिवसले यसरी एउटा स्रष्टालाई निरन्तर सम्झनेगरी संस्थाको जन्म भएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको समापन गर्दै सदनका अध्यक्ष सुधा दाहालले दाहाल यज्ञनिधिको पसिनाको धनलाई उनकै नामको अक्षयकोषमा राखेको जानकारी गराइन् । ‘मैले उहाँलाई गुमाए। यो म एक्लो भएको दिन हो । अरु केही गर्न नसकेपछि उहाँको पसिनाको धनलाई उहाँकै नामको अक्षयकोषमा राखेको हो’, अध्यक्ष दाहालले भनिन् ।
कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहालको समेत उपस्थिति थियो ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया