निलम्बित प्रधान न्यायाधीश जबरामाथि शुक्रबारदेखि अध्ययन

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि शुक्रबार (भोलि) देखि अध्ययन सुरु हुने भएको छ ।
समिति सचिवालयका अनुसार उपत्यका बाहिर रहेका समिति सदस्यहरू काठमाडौं फर्किइसकेका छन् ।समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले भने ‘शुक्रबार प्रतिनिधि सभाको बैठक छैन् । यसकारण पहिलो बैठक शुक्रबार नै राखौं भन्ने भएको छ । तर, कुन समयमा बस्ने तय गर्न बाँकी छ । ’
गत फागुनमा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल,माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र एकीकृत समाजवादीका तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रतिनिधि सभाले २२ फागुनमा संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया