गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ ।
गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।
बैंकका अनुसार उक्त संस्थापक शेयरमा इच्छुक सेयरधनीले ३१ भदौभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
संस्थापक सेयरको मूल्य प्रतिसेयर १०० रुपैंयाँ तोकिएको भए पनि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ । यसरी बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्तादेखि सो अधिकतम सोभन्दा बढी कित्ताका लागि आवेदन दिन पनि सकिने व्यवस्था बैंकले गरेको छ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया