ज्ञानीमैयाको निधनसँगै कुसुण्डा भाषा जोगाउने चुनौती

दाङ । दाङमा लोपोन्मुख जातिको बसोवास भएको क्षेत्र हो । नेपालमा कमै मात्र रहेको कुसुन्डा जातिको बसोवास दाङमै छ । कुमाल, कोरी, चमार जस्ता जातिहको बसोवास पनि दाङमा देखिन्छ । तर ती जातिको भाषा, पेसा र परम्पार भने संकटमा देखिन्छ । राज्यको पहल नँहुदा लोपोन्मुख जातिको भाषा र पेसा संकटमा परेको जानकारहरुको भनाइ छ ।
लोपोन्मुख जाति कुसुन्डालाई अहिले भाषालाई जीवन्त राख्ने चुनौती छ । भाषा संरक्षणका लागि जानकारहरूको अभावले भाषा संरक्षणमा चुनौती थपिँदै गएको अगुवाहरूको भनाइ छ।
नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषाका विषय पूर्ण जानकार, भाषा संरक्षक दाङकी ज्ञानीमैया कुसुण्डाको दुई वर्षअघि ८५ वर्षको उम्मेरमा निधन भएपछि भाषा पुस्तान्तर हुन नसक्दा संरक्षणमा समस्या देखिएको हो । भाषाको संरक्षणका लागि उनको स्थान ओगट्ने अन्य कुसुन्डा समुदायमा देखिएका छैनन्। उनीपछि भाषा संरक्षण लोप हुने अवस्थामा पुगेको कुसुन्डा विकास समिति केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले बताए ।
लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर ७४ जना कुसुण्डा समुदायका मानिस बसोबास गर्दै आएका छन् । कुसुन्डा विकास समितिका अध्यक्ष धनबहादुर कुसुण्डाले अहिले भाषा जोगाउन हम्मेहम्मे भएको बताए ।
‘ज्ञानीमैया आफ्नो भाषालाई संस्थागत बनाउन र पुस्ता हस्तान्तरण गर्न खोज्दै थिइन् । उनकै आग्रहमा भाषा संरक्षण र सिकाइका लागि कुसुण्डा जातिका अन्य व्यक्तिलाई सिकाउनसमेत थालिएको थियो,’ अध्यक्ष धनबहादुरले भने, ‘उहाँले आफूले ल्याएको योजना पूरा गर्न सक्नुभएन । हामीले धेरथोर मात्रै प्रयास गरेका छौं ।’
कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोही पनि छैन । ज्ञानीमैया र उनको एकजना बहिनी कमला भएर दोहोरो संवाद गर्दै आएका थिए । ज्ञानीमैया अस्ताएपछि यो अभ्यास अहिले टुटेको छ । ‘दुईजनाले मात्रै आफ्नै भाषामा कुराकानी गर्थे, अब भाषा जगेर्ना गर्न समस्या भइरहेको छ,’ समितिका अध्यक्ष धनबहादुरले भने, ‘हामीले केही मात्र सिकेका छौ, तर भाषा रुजु गर्ने भाषा संरक्षकको अभाव खड्किएको छ ।’ कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको उनको भनाइ छ ।
कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले कुसुण्डा भाषाको लागि मूल स्रोत नै अहिले नरहेको बताए । आलेले भने, ‘ज्ञानीमैयापछि भाषा संरक्षणको मूल स्रोत हराएको छ । लोपोन्मुख कुसुण्डा भाषा पूर्णरूपमा जान्ने व्यक्ति देशभर जम्मा एकजना मात्रै रहेको र त्यो पनि ज्ञानीमायाको संगतले केही भाषा उनीमा सरेको छ ।’
दाङमा कुसुण्डा जातिको संख्या ७४ छ । देशभर एक सय ५६ जना रहेको कुसुण्डा जातिका मानिसहरु रहेको समाजका अध्यक्ष धनबहादुरले जानकारी दिए । अहिले दाङमा २३ जनाले दोस्रो चरणको भाषा सिकेका छन् । भाषा आयोगको आयोजनामा भाषा सिकाइएको उनले बताए ।
एकीकृत बस्ती निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । अहिले छरिएको बस्ती हुदा भाषा संरक्षण नहुने उनको धारण छ । सबै एकै ठाउँमा हुदा मात्रै भाषाको अभ्यास हुने र संरक्षण हुने हुदा एकिकृत बस्ती आबश्यक रहेको उनले बताए । लोपोन्मुख कुसुण्डा जातिको शब्दकोष निर्माण भएको छ ।
कुमाल पेसा लोप हुँदै
लोपोन्मुख कुमाल जातीको परम्परागत पेसा लोप हुन थालेको छ । नयाँ पुस्ता परम्परागत भाषा, संस्कृति पेसामा जोडिन नमानेपछि कुमालेको माटोका भाँडा बनाउने पेसा संकटमा परेको समुदायका अगुवा दीपक कुमालले बताए ।
नयाँ नयाँ पेसा व्यवसाय उनले नयाँ पुस्ता परम्परासँग जोडिन नमान्दा र पुरानो पुस्ताको व्यवसायले बजारीकरण नपाउँदा कुमाल जातिको पेसा संकटमा रहेको बताए । उनले पेसालाई आधुनिकीकरणमा नलैजाँदा र प्लास्टिकको भाँडाको प्रयोग बढेर पनि समस्या भएको बताए । परम्परागत पेसाले जीवन धान्न नसक्ने भए पनि अन्य पेसा व्यवसायमा कुमाल समुदाय लागेको अगुवा दिपकको भना छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया