घुससहित पक्राउ परेका इन्स्पेक्टरलाई सफाई
मेरोन्यूज
२०७९ साउन २६ गते १६:१८

काठमाडौँ । घुस खाने प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायले सफाई पाएका छन् । १२ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले सफाई दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्कोटाको संयुक्त इजलाशले उनलाई सफाई दिएको हो । इलाका प्रहरी कार्यालय भीमफेदी, मकवानपुरमा कार्यरत रहँदा प्रदेश प्रहरी कार्यालयकै टोलीले ६ असार ०७७ मा उनलाई घुससहित पक्राउ गरेको थियो ।
टिप्पर व्यवसायीसँग घुस माग्दै दुःख दिएको भन्ने उजुरीका आधारमा प्रदेश कार्यालयले उनलाई रंगेहात पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो ।
भीमफेदीको सगरमाथा होटलमा स्थानीय व्यवसायी दुर्गा लामासँग १२ हजार घुस लिएलगत्तै उनी पक्राउ परेका थिए ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया