अवैध एक करोड मूल्य बराबरको सामान बोकेको ट्रक नियन्त्रण
मेरोन्यूज
२०७९ साउन २६ गते १८:५४

झापा । जिल्लाको गौरादह नगरपालिका ७ ग्वालडुब्बाबाट सशस्त्र प्रहरीले करिब ९४ लाख रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ । बुधबार राति सशस्त्र प्रहरीले विभिन्न किसिमका सामान बोकेको ट्रकसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षीय धनिलाल राजबंशीलाई प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो । ग्वालडुब्बाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको ९ सय ९० के.जी. रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामानसहित राजबंशी पक्राउ परेका हुन् ।
बरामद सामानको मूल्य ९४ लाख ४८ हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । ट्रकसहित राजबंशीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
सम्बन्धित















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया