धार्मिक महत्त्वको दुधपोखरी कुण्ड ओझेलमा

लमजुङ । पर्यटकीय गन्तव्य दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ ।
दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् ।
दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी समुद्री सतहदेखि ४ हजार ३ सय मिटरको उचाइमा छ । मनास्लु र हिमालचुली हिमालको काखमा रहेको यो धार्मिक स्थलमा हरेक वर्ष जनैपूर्णिमामा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ ।
हिमालको काखमा तीन चार दिनको कठिन यात्रापछि पुग्न सकिने दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थल मध्ये एक हो । देवादि देव महादेवको वासस्थानको रूपमा परिचित यो कुण्डमा जनैपूर्णिमाका दिन नुहाए सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुने र पितृलाई तर्पण दिए पितृ ऋणबाट मुक्त भइने धार्मिक विश्वास रहँदै आएको छ ।
लमजुङ गोरखा, तनहुँ, कास्की, चितवन र काठमाडौँ देखिएका तीर्थालु भक्तजनहरू यस पोखरीमा नुहाउन पुग्ने गर्दछन् । यस पोखरीमा गएर नुहाउनेलाई भारतको काशी जान नपर्ने जनविश्वास रहेको सर्वोदय ज्येष्ठ नागरिक सेवा आश्रमका सस्थापक अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।
लमजुङ र गोरखाको सिमानाको रूपमा बगेको चेपे नदीको मुहान दुधपोखरीले ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्त्वलाई बोकेको छ । तर यसको संरक्षणमा भने कुनै पनि निकायले चासो नदिएको दुधपोखरीका स्थानीय गोविन्द दवाडी बताउछन् ।
पर्यटकीय महत्त्व बोकेको दुधपोखरीका संरक्षणसँगै प्रचारप्रसार गर्न सकेमा लमजुङ जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन ब्यवसायी रामकुमार श्रेष्ठ बताउछन् ।
उच्च हिमाली क्षेत्रमा पर्ने र मानव बस्तीबाट निकै टाढा रहेको दूधपोखरीको यात्रा कठिन भए पनि मनोरम प्राकृतिक दृश्यावलोकन गर्दै जाँदा प्राकृतिक सुन्दरताले बाटो कटेको पत्तै नहुने दुधपोखरीको यात्रा गर्नेहरूको भनाई छ । धेरै उचाइमा रहेकाले त्यहाँ लेक लाग्ने समस्या हुन्छ भने मोटोपन, स्वास्थ्य समस्या भएका व्यक्ति, वृद्ध र बालकहरूका लागि दुधपोखरी यात्रा कठिन हुने स्थानीयहरू वताउछन् ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
प्रतिक्रिया