नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पूर्याउने उद्देश्यको साथ भएको हो । कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताएका छन् ।
यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइकरस्कुटर लिन सक्ने एकाउण्टेण्टस सङ्घले बताएको छ । सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया