नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घ र एमएडब्लू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौतामा हस्ताक्षर

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्लू इण्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउण्टेण्टस सङ्घबीच व्यापारिक सम्झौता भएको छ । उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रवर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पूर्याउने उद्देश्यको साथ भएको हो । कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्लू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सिइओ राजु क्षेत्रीले बताएका छन् ।
यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइकरस्कुटर लिन सक्ने एकाउण्टेण्टस सङ्घले बताएको छ । सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सिइओ राजु क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सिईओ क्षेत्रीले बताए ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया