राष्ट्रपति भवनअगाडि आत्मदाहको प्रयास गर्ने निहारिका पक्राउ
मेरोन्यूज
२०७९ साउन २७ गते १५:५४

काठमाडौँ । आफू बलात्कृत भएको भन्दै आन्दोलन गर्दै आएकी अविवाहित आमा २० वर्षीय निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । उनले प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको भन्दै राष्ट्रपति भवन शितल निवासअघि आत्मदाहको प्रयास गरेकी हुन् ।
उनले आफ्नै शरीरमा पेट्रोल खन्याएपछि प्रहरीले आत्मदाह गर्न नदिइ पक्राउ गरेको थियो । राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनु पर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।
गत आइतबार बिहान सर्वोच्च अदालत परिसरमा अनसन बस्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ । तर जिल्ला अदालत श्रेष्ठलाई सफाइ दिइसकेको छ । उनको एक छोरा छन् ।
सम्बन्धित

















जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
प्रतिक्रिया