लागु औषधसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७९ साउन २७ गते १६:५०
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई लागु औषधसहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा चेक गर्ने क्रममा आगु औषधसहित दुई जना युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।
चेकिङमा खटिएको इलाका प्रहरी कार्यालय जलजलेको टोलीले त्रियुगा नगरपालिका ६ का २७ वर्षीय संगीत तामाङ र २५ वर्षीय आमोद महतोलाई आगु औषधसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट डाइजेपाम ५१ एम्पुल, फेनारागण ५१ एम्पुल बुप्रिनोर्फीन ५१ एम्पुल गरी जम्मा १५३ एम्पुल लागु औषध र ७ थान सिरिञ्जसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।
सम्बन्धित















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया