देउवा-प्रचण्ड भेटवार्ता : सिट बाँडफाँटमा सिनियर नेताहरूको व्यवस्थापनमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच बालुवाटारमा भेटवार्ता भएको छ । सत्तासहयात्री यी दुई दलका शीर्ष नेताका वीचमा आगामी चुनावमा समेत तालमेल गरेरै जाने निर्णय भईसकेको सन्दर्भमा भेटवार्ता हुनु स्वभाविक हो ।
तर अन्य दिनको भेटघाट भन्दा शुक्रवार कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वीचको भेटवार्ता अर्थपूर्ण मानिएको छ । कारण हो – अन्य दिनको भन्दा शुक्रवारको भेटवार्ता करिव एक घण्टा बढी वान अन वान थियो ।
प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटन प्रचण्ड दिउँसो ३ बजे बालुवाटार पुगेका थिए । त्यसपछि दुई नेताका वीचमा भएको बार्ता झण्डै ढेड घण्टा चलेको थियो । देउवा र प्रचण्डले बालुवाटारमा के विषयमा छलफल गरे ? त्यसको फेहरिस्त जानकारी दुवै पक्षले दिएका छैनन ।
तर बालुवाटार स्रोतका अनुसार, आजको देउवा र प्रचण्ड वीचको भेटवार्ता गठबन्धन दलहरुका वीचको चुनावी सिट बाँडफाँटमा रहेर अलिक वढी नै केन्द्रीत रहेको थियो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले आगामी मंसिर ४ मा तय भएको प्रतिनिधीसभा र प्रदेश सभा चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेका छन् ।
तालमेलको निर्णयसँगै सिट बाँडफाँटको नीतिगत मोडालिटी बनाउन कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यादल बनाएका छन् । कार्यदलको दोस्रो बैठक बिहिबार बसेको थियो ।
कार्यादल बैठकले गठबन्धन दलहरुका वीचमा सिट बाँडफँट गर्दा मूलतः ०७४ को निर्वाचनलाई आधार बनाउने भन्ने समझदारी बनेको छ तर सबै पार्टीका सिनियर नेताहरूको व्यवस्थापनलाई ध्यान दिएर अलिअलि हेरफेर गर्ने, ०७९ को स्थानीय निर्वाचनलाई पनि आधार बनाउने र संघमा नमिलेको कुरा प्रदेशमा मिलाउने भन्ने प्रारम्भिक छलफल कार्यादलमा अघि बढेको छ ।
कार्यादल बैठकमा ०७४ मा निर्वाचन हारे पनि शीर्ष नेतालाई व्यवस्थापन गर्नुपर्ने र त्यस्ता शीर्ष नेता व्यवस्थापनको विषयमा समेत आ–आफ्नो पार्टीमा छलफल गरेर साउन ३० मा अर्काे बैठक बस्ने समझदारी दलहरुको वीचमा भएको छ । यस्तो छलफल कार्यादल तहमा भईरहेकै बेला प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका वीचमा बालुवाटारमा लामो कुराकानी भएको हो ।
कुराकानीका क्रममा मुख्यत शीर्ष नेताहरुका विषयमा को कहाँबाट चुनाव लड्ने र उनीहरुको ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा नै रहेर मुख्य छलफल भएको बालुवाटार स्रोतको भनाई छ ।
कार्यादलमा ०७४ को प्रतिनिधिसभा निर्वाचनलाई आधार बनाउँदा प्रत्यक्षमा जसले जितेको छ, त्यही पार्टीले उक्त निर्वाचन क्षेत्र पाउने सैद्धान्तिक आधार बनाइएको छ । यसलाई आधार बनाउँदा गठबन्धनका शीर्ष नेताहरूको निर्वाचन क्षेत्र व्यवस्थापन गर्नुपर्ने अवस्था गठबन्धनका दलहरुलाई आएको छ ।
सोहीकारण पनि यसमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका वीचमा नै मुख्य समझदारी नबेनसम्म कार्यादल तहले समझदारी जुटाउन सक्ने अवस्था पनि छैन । त्यसमाथी गठबन्धनमा मधेसको अर्काे दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र बाबुराम भटटराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को सहभागिता हुने नहुने ? गर्दा कसरी गर्ने भन्नेमा पनि प्रचण्ड र देउवाका वीचमा छलफल भएको छ ।
नेसपाका अध्यक्ष डा बाबुराम भटटराईले शुक्रवार बिहान पनि प्रचण्डसँग प्रचण्ड निवास खुमलटार नै पुगेर भेटवार्ता गरेका थिए ।















एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया