कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नु परेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नु परेको बताए । पछिल्लो समय कार्यालयमा राहदानीका लागि आउने सेवाग्राहीको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुल पनि अहिले दुई सय बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । बढी भीड हुने भएकाले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उनले जानकारी दिए ।
एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । मन्त्रालयबाट चालु आर्थिक वर्षभित्र एउटा इलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । उनले भने, “पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।”
दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्मचारी नहुँदा झेल्नु परेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालु आर्थिक वर्षमा एउटा इलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिए ।
पहिलेको जनसङ्ख्याअनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाई भएको उनले स्वीकार गरे । अहिले प्रायःकाम कम्प्युटरमार्फत हुने भए पनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नु परेको उनले बताए ।
जिल्ला प्र्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ सस्था दर्ता, नविकरण, पेन्सनसम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि जस्ता कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।

















इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
लुयान नेपालकाे होली अफर : इलेक्ट्रिक स्कुटरमा १५ हजारसम्म नगद छुट
कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति
निर्वाचन आचारसंहिता उल्लङ्घनः आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
निर्वाचनका दिन गाडी चलाउन अनुमति लिनुपर्ने
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
प्रतिक्रिया