श्रीदेवीबारे चार रोचक तथ्य

मुम्बई । अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् ।
सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला सुपरस्टार थिइन् । उनको निधन सन् २०१८ फेब्रुअरी २४ मा भएको थियो । उनले बलिउडका झण्डै ३ सय फिल्ममा काम गरिन् । जसमा धेरै फिल्म हिट भएका थिए । यहाँ उनीसँग जोडिएका केही तथ्य प्रस्तुत गरिएको छ–
हिरोभन्दा बढी पारिश्रमिक
भारतीय फिल्ममा जहिल्यै पुरुषकै बोलवाला रह्यो । आज पनि अधिकांश अभिनेतालाई केन्द्रमा राखेर फिल्म बनाइन्छ । ९० को दशकमा त अभिनेताकै दममा फिल्म हिट हुन्थे । तर, त्यो समय श्रीदेवीले आफ्नो अभिनयको धाक जमाएकी थिइन् ।
श्रीदेवी यस्तो अभिनेत्री थिइन्, जसको फिल्म हेर्न दर्शकहरु सिनेमाघरतिर दौडन्थे । उनले आफ्नो अभिनयको दममा पहिलो महिला सुपरस्टारको उपाधि पोल्टामा पारिन् । यही कारण त्यो समयमा उनी अभिनेताभन्दा बढी पारिश्रमिक लिन्थिन् । फिल्म ‘नगीना’मा उनले अभिनेता ऋषि कपूरभन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।
साउथमा पनि लोकप्रिय नाम
अभिनेत्री श्रीदेवीले साउथ फिल्मबाट आफ्नो करियर सुरुवात गरेकी थिइन् । उनले साउथ फिल्ममा पनि लोकप्रियता कमाएकी थिइन् । उनले १६ वयथीनिलए, मंदरु मुदिचु, सिगप्पू रोजकाल, कल्याणरमन, जोनी, मीनदुम कोकिला जस्ता फिल्मबकाट लोकप्रियता कमाएकी थिइन् ।
ओठको प्लास्टिक सर्जरी
फिल्मी अभिनयमा व्यस्त भइरहँदा उनको ओठको आकारमा केही परिवर्तन भएको थियो । त्यसपछि उनले ओठको प्लास्टिक सर्जरी गरेको खुलेको थियो । यद्यपि फ्यानले उनको नयाँ लुक्सलाई मनपराएनन् ।
१५ वर्षपछि कमव्याक
श्रीदेवीलाई भारतीय फिल्ममा व्यावसायिक अभिनेत्रीका रुपमा चिनिन्थ्यो । उनले आफ्नो करियरमा नागिन, चालबाज, चाँदिनी, सीता–गीता, जुदाई, खुदा गवाह, नगीना, मिस्टर इंडिया जस्ता सानदार फिल्ममा अभिनय गरिन् । उनी झण्डै १५ वर्ष फिल्मी पर्दाबाट अलग भइन् ।
१५ वर्षपछि फिल्म ‘इंग्लिश विंग्लिश’ बाट सानदार पुनरागमन गरिन् । त्यसपछि उनी सन् २०१८ मा फिल्म ‘मोम’ मा सौतेली आमाको भूमिकामा अभिनय गरिन् ।










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया