शेखर कोइरालाले बोलाए आफू निकट नेताहरुलाई २ बजे बालुवाटार
मेरोन्यूज
२०७९ साउन २९ गते १०:०७

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गर्दै छन् । छलफल आज दिउँसो २ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा हुने बताइएको छ ।
छलफलमा दोस्रो तहका नेता र भातृ संस्थाका नेताहरुलाई बोलाइएको उक्त समुहका एक नेताले बताए ।
यसअघि बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको छलफलमा उठेका विषय कोइरालालाई जानकारी गराउने र भावी रणनीति तय गरिने नेताहरुले बताएका छन् । पाँच भातृ संस्थाको अध्यक्ष तोक्ने क्रममा आफ्नो समूहसँग परामर्श नगरी एकलौटी गरेको भन्दै कोइराला पक्ष पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट छ । यसअघि सो समूहका नेता कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा विरोध प्रदर्शन गरेका थिए ।
सम्बन्धित














काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया