अलमुताइरीको सूची खारेज, राष्ट्रिय टिम छाडेका नौ खेलाडी प्रशिक्षणमा फर्किने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीको सूचीलाई खारेज गर्दै ४० खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएको छ । असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा पठाएका थिए ।
त्यो सूची खारेज गर्दै एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदीप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । प्रशिक्षणमा अलमुताइरीसँग विवाद भई टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडीसमेत परेका छन् ।
प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अञ्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए ।
अलमुताइरी बिरामी बिदामा रहेकाले एन्फाले हुमागाईंलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
टोलीमा बोलाइएका खेलाडीहरू
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेण्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : सञ्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास ।
















बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया