आइतबार, फागुन ३, २०८२

राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाइन् नागरिकता विधेयक

मेरोन्यूज २०७९ साउन २९ गते १९:४४

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । संघीय संसदले विधेयकमाथि पुनर्विचार गर्न आवश्यक भएको भन्दै राष्ट्रपतिले विधेयक फिर्ता पठाएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरी राष्ट्रपतिसमक्ष पठाएको थियो ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूसमक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुख ज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपति ज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया