एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ साउन ३० गते १२:३१

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।
साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित













माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया