अपर तामाकोशीको १ अर्ब ८७ करोड रुपैयाँ नोक्सानमा

काठमाडौं । आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यो हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो । यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ ।
यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको हो ।
अघिल्लो वर्ष दीर्घकालीन ऋण ४० अर्ब ५८ करोड र अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय लागत उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्र रहेको वित्तीय लागत अहिले ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ । अपरले भदौ ३ गते बस्ने वार्षिक साधारण सभामा हाल कायम पुँजीमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने एजेन्ड पेस गर्दै छ ।
उक्त हकप्रद निष्कासन भएमा यसको पुँजी २१ अर्ब बढी हुनेछ । असार मसान्तसम्म अपर तामाकोशी प्रतिसेयर १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
प्रतिक्रिया