अपर तामाकोशीको १ अर्ब ८७ करोड रुपैयाँ नोक्सानमा

काठमाडौं । आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा यो हाइड्रोपावर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ नोक्सानमा गएको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनी ५ करोड ४३ लाख ३ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो । यता, यसअवधिमा विद्युत बिक्रीबापत नेपाल विद्युत प्राधिकरणलाई ७ अर्ब १७ करोड ३५ लाख रुपैयाँको बिल पेस गरेकामा ५ अर्ब ९२ करोड ९ लाख रुपैयाँ मात्र प्राप्त भएकोे छ ।
यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको हो ।
अघिल्लो वर्ष दीर्घकालीन ऋण ४० अर्ब ५८ करोड र अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय लागत उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्र रहेको वित्तीय लागत अहिले ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ शीर्षक २ अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक छ । अपरले भदौ ३ गते बस्ने वार्षिक साधारण सभामा हाल कायम पुँजीमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने एजेन्ड पेस गर्दै छ ।
उक्त हकप्रद निष्कासन भएमा यसको पुँजी २१ अर्ब बढी हुनेछ । असार मसान्तसम्म अपर तामाकोशी प्रतिसेयर १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया