सशस्त्र प्रहरीद्वारा अवैध चोरीपैठारीको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९० हजार रुपैयाँ बराबरको ३० बोरा चिनीसहित बोलेरो पिकअपलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, पश्चिम नवलपरासीबाट खटिएको टोलीले ३१ साउनमा चिनीसहित गाडी नियन्त्रण गरेको हो ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सरावल गाँउपालिका–७ बाट करिब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । प्रतापपुर गाँउपालिका–५ बाट २१ साउनमा पनि सशस्त्र प्रहरीले तीन लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको थियो ।
बरामद सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ । राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले २२ साउनमा प्रतापपुर गाँउपालिका–५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।
यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।
















निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया