ट्वीटर गतिविधिलाई लिएर ३४ वर्ष जेल सजाय
मेरोन्यूज
२०७९ भदौ २ गते ७:४०

एजेन्सी (रियाद) / साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ । राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पु¥याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल- शेहाबविरुद्ध साउदीको पुनरावेदन अदालतले ९ अगस्टमा उक्त सजाय सुनाएको हो ।
बेलायतको युनिभर्सिटी अफ लिड्समा पीएचडी अध्ययनरत तथा दुई सन्तानकी आमा शेहाबलाई थप ३४ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
ट्वीटरमा लगभग २६ सय फलोअरहरू भएका शेहाबले रूढिवादी सुन्नी मुस्लिम देशमा महिला अधिकारको बारेमा बारम्बार ट्वीट गर्थिन ।
यो सजाय खाडी देशमा अधिकारकर्मीहरूमाथिको दमनबीचमा आएको छ । उनीहरुमध्ये धेरैलाई जेल सजाय र यात्रा प्रतिबन्ध लगाइएको छ ।
बेलायतबाट साउदीमा बिदा मनाउने क्रममा शेहाबलाई सन् २०२१ को जनवरीमा पक्राउ गरिएको थियो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया