ट्वीटर गतिविधिलाई लिएर ३४ वर्ष जेल सजाय
मेरोन्यूज
२०७९ भदौ २ गते ७:४०

एजेन्सी (रियाद) / साउदीको एक अदालतले एक महिलालाई उनको ट्विटर गतिविधिलाई लिएर ३४ वर्षको जेल सजाय सुनाएको छ । राज्यमा ‘सार्वजनिक व्यवस्थामा बाधा पु¥याउन’ खोज्ने असन्तुष्टहरूलाई सहयोग गरेको आरोपमा सलमा अल- शेहाबविरुद्ध साउदीको पुनरावेदन अदालतले ९ अगस्टमा उक्त सजाय सुनाएको हो ।
बेलायतको युनिभर्सिटी अफ लिड्समा पीएचडी अध्ययनरत तथा दुई सन्तानकी आमा शेहाबलाई थप ३४ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
ट्वीटरमा लगभग २६ सय फलोअरहरू भएका शेहाबले रूढिवादी सुन्नी मुस्लिम देशमा महिला अधिकारको बारेमा बारम्बार ट्वीट गर्थिन ।
यो सजाय खाडी देशमा अधिकारकर्मीहरूमाथिको दमनबीचमा आएको छ । उनीहरुमध्ये धेरैलाई जेल सजाय र यात्रा प्रतिबन्ध लगाइएको छ ।
बेलायतबाट साउदीमा बिदा मनाउने क्रममा शेहाबलाई सन् २०२१ को जनवरीमा पक्राउ गरिएको थियो ।
सम्बन्धित
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया