ताइवानी आकाशमा गस्ती गर्दै चिनियाँ विमान
मेरोन्यूज
२०७९ भदौ २ गते ८:४०

ताइपेइ /ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेकाे छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।
पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।
यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्छ भने ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ ।
सम्बन्धित










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया