युनाइटेड कलेजमा युसीईआईआईको उद्घाटन समारोह सम्पन्न

काठमाडौँ । युनाइटेड कलेज ग्रुपले आधिकारिक रुपमा युसीईआईआइ उद्यमशीलता, नवप्रवर्तन र इन्क्युबेशनका लागि संयुक्त केन्द्रको उद्घाटन गरेर आफ्नो स्थापनामा अर्को अपरिहार्य घटक थपेको छ । सफल नतिजासहित २५ वर्षसम्म निरन्तर शैक्षिक सेवा प्रदान गरेपछि युनाइटेड कलेज अहिले नेपालको शीर्ष प्रतिष्ठित कलेजमध्येको एक बनेको छ ।
१९९७ मा यसको स्थापना भएदेखि, युनाइटेड एकेडेमीले ३० हजारभन्दा बढी दक्ष जनशक्ति सिर्जना गर्न सक्षम भएको छ । विश्वव्यापी नेटवर्क, विशिष्ट श्रोत र दुई दशकभन्दा बढीको व्यापक ज्ञान र विशेषज्ञताले युसीईआईआईमा बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गरेर सफल उद्यमहरु सिर्जना गर्न सक्षम हुनेमा विश्वस गरेको शैक्षिक समूहका सल्लाहकार डा.कविराज वान्तवाले बताए ।

कार्यक्रममा डा. छिरिङ लामा, डा. महावीर पुन, आशाराम तण्डुकार, विभुषण विष्ट, क्षितिज तामाङ, कर्विका थापा, नग्मा श्रेष्ठ, शान्ति राई, सुदेन श्रेष्ठ र बबिता गुरुङ जस्ता प्रतिष्ठित उद्यमी, आविष्कारकर्ता र व्यापार व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा युनाइटेड कलेजका प्रिन्सिपल डा. लाल रापचाले उद्यमशीलताको महत्व र युसीईआईआईको दीर्घकालीन दृष्टिकोणका बारेमा बोल्दै अतिथिहरु र दर्शकहरुलाई स्वागत गरेका थिए । त्यसपछि नेशनल इनोभेसन सेन्टरका महावीर पुनले कलेजमा रहँदा आफ्नै उद्यमशीलता यात्रामा लाग्नुको महत्वका बारेमा बताउँदै विद्यार्थीहरुलाई उद्यमशीलता र नवप्रवर्तनको सन्दर्भमा केही सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले नेपालमा इन्क्युबेशनको वर्तमान अवस्था र स्टार्टअपमा इन्क्युबेशन सेन्टरको मुख्य भूमिकाबारे सम्बोधन गरेका थिए ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया