कोरोना फैलिएपछि जापानमा आत्महत्या बढ्यो

काठमाडौँ । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्चदेखि सन् २०२२ जून सम्ममा जापानमा आत्महत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्थाले जनाएको छ ।
अनुसन्धान रिपोर्टअनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० वर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडले २० वर्षभन्दा मुनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ । विवरणअनुसार उक्त अवधिमा महिला पुरूष गरी एक हजार ८३७ युवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए ।
महामारीले भएका भनिएका ३७७ आत्महत्यामध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् । टोकिया विश्वविद्यालयका सह प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भने, ‘पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ ।’










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया