बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हट्यो,उपत्यकाको सबै फोहोर उठ्न एक साता लाग्ने

काठमाडौं । बञ्चरेडाँडामा फोहोर विसर्जनको अवरोध हटेको छ । सत्तारुढ दलका स्थानीय नेता नेतृत्वको आन्दोलनको अवरोध हट्दा फोहोर विसर्जनमा सहज भएको छ ।
स्यानिटरी ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले आज बिहानै १६२ ट्रक फोहोर बञ्चरेडाँडामा विसर्जन भएको बताए । उनलेभने “आज स्थानीयको अवरोध छैन । बिहानैदेखि फोहोरका ट्रक अनलोड भइरहेका छन् ।”
काठमाडौं उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने श्रेष्ठले बताए । उनलेभने, पुनः स्थानीयले अवरोध नगरे एकसाता भित्रै सबै फोहोर उठिसक्छ । काठमाडौं उपत्यकाका सडक, नदी, खोला किनारामा थुप्रिएको फोहोर सकिएपछि घरभित्रको फोहोर उठाइनेछ । ”
सत्तारूढ तीन राजनीतिक दलका स्थानीय नेताको नेतृत्वमा उपत्यकाको फोहोर सधैँका लागि बन्द गर्ने घोषणासँगै आन्दोलन चर्किएको थियो । अवरोधकैबीच बिहीबार २८४ टिपर फोहोर विसर्जन गरिएको थियो ।















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया