दुर्घटनामा परी दुई बालकको मृत्यु
काठमाडौँ । दुर्घटनामा परी धनुषामा दुई बालकको मृत्यु भएको छ । छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा उनीहरूको मृत्युु भएको हो ।
जनकपुर–ढल्केबर सडकअन्तर्गत धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजस्थित सडकमा बसले साइकललाई ठक्कर दिँदा स्थानीय १३ वर्षीय विशाल दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरधामबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते बालकको जनकपुरधामस्थित जानकी हेल्थकेयरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
यस्तै, धनुषाको धनुषाधाम नगरपालिका २ मखनपुरस्थित मखनबाबा कुटी पोखरीमा बिहीबार डुबेर स्थानीय भोला मण्डलको चार वर्षीय छोरा अनिशकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीसँग खेल्दै पोखरीमा नुहाउन गएका बेला डुबेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया