बुधबार, फागुन ६, २०८२

गोरखा पुगेर प्रचण्डले भने : चुनावअघि बाबुराम भट्टराईसँग पार्टी एकता हुँदैन

मेरोन्यूज २०७९ भदौ ३ गते १७:२०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै चुनाव चिह्नमा लड्ने भनिएको डा. बाबुराम भट्टराईसँग पार्टी एकता नहुने बताएका छन् । उनले चुनावअघि पार्टी एकता सम्भावना नरहेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलनमा सहभागी हुँदै गोरखा पुगेका प्रचण्डले एउटै चिह्नमा चुनाव लड्ने सहमति भएको तर पार्टी गर्न कुरा नभएको बताएका हुन् ।

डा. भट्टराईलाई गोरखा क्षेत्र–२ बाट उठाउने हो ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘को कहाँबाट उठ्ने भन्ने विषय अहिले नटुंग्गेको छैन, तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौँ ।’

उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी समायोजन गर्न समिति बनाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया