कांग्रेस नेता गिरिको स्वस्थ्य अवस्था जटिल
मेरोन्यूज
२०७९ भदौ ३ गते १८:२१

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखेर उपचार भइरहेको छ ।
‘आदरणीय मेरा अग्रजभ्राता तुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने ।
नेता निधिले ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेको बताएका छन् । उनले भने, ‘स्तब्ध र निरिह छु, ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु–सबैले प्रार्थना गरौँ ।’
उनले भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका थिए । पछिल्लो समय मेडिसिटीमा उनको उपचार हुँदै आएको छ ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया