कांग्रेस नेता गिरिको स्वस्थ्य अवस्था जटिल
मेरोन्यूज
२०७९ भदौ ३ गते १८:२१

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था थप गम्भीर बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखेर उपचार भइरहेको छ ।
‘आदरणीय मेरा अग्रजभ्राता तुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने ।
नेता निधिले ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेको बताएका छन् । उनले भने, ‘स्तब्ध र निरिह छु, ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु–सबैले प्रार्थना गरौँ ।’
उनले भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका थिए । पछिल्लो समय मेडिसिटीमा उनको उपचार हुँदै आएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया