मंगलबार, फागुन ५, २०८२

चट्याङ लागेर मुगुमा गोठालाको मृत्यु

मेरोन्यूज २०७९ भदौ ३ गते २०:५३

काठमाडौँ । मुगुको छायानाथरारा नगरपालिका ११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर ज्यान गएको छ । चट्याङ लागेर शेरबहादुर बुढा बेहोस भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ ।

बेहोस भएका बुढा एक घण्टापछि होसमा आएका थिए ।

प्रतिक्रिया