चीनतिर आमिर खानको नजर

मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।
चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ ।
यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन् । फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो ।
त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।










झापा कारागारका एक कैदीको मृत्यु
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज काराेबार ?
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया