पाँच केजी हेरोइनसहित ८१ वर्षीया वृद्धा पक्राउ
काठमाडौँ । वार्साको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एक जना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।
बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीले बताएका छन् ।
डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागू औषध बरामद गरिएको हो ।
बरामद भएको लागू औषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो । ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । उनले कुनै पनि गलत काम नगरेको बताएकी छन् ।
पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिने छ । गैर कानुनी रुपमा प्रतिबन्धित लागू औषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नु पर्ने छ ।
यसैबीच डेनमार्क सरकारले आफ्ना नगारिक लागू औषधसहित पोल्याण्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको बताएको छ ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया