शनिबार, पुष ५, २०८२

दिल्लीका मुख्यमन्त्री केजरीवाल र नेता सिसोदियाले पाए सफाइ

मेरोन्यूज २०७९ भदौ ४ गते २१:३८

काठमाडौँ । राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ ।

अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा दायर गरेका थिए । जसको सन् २०१३ को विधानसभा चुनावमा उनको उम्मेदवारी अन्तिम समयमा रद्द भएको थियो ।

अतिरिक्त मुख्य महानगरीय मजिस्ट्रेट (एसीएमएम) विधि गुप्ताले शनिबार आदेश जारी गर्दै उजुरीकर्ताले उद्धृत गरेका रिपोर्टबाट मानहानीको मुद्दा स्थापना हुन नसक्ने बताउँदै सो आदेश जारी गरेका हुन् । अदालतले शनिबार आदेश जारी गर्दा तीनै जना अदालतमा उपस्थित थिए ।

मुद्दा दायर गर्ने अधिवक्ता सुरेन्द्रकुमार शर्माको निधन भइसकेको छ । उनको निधनपछि सो मुद्दा उनका भतिजाले अगाडि बढाइरहेका थिए । मुद्दामा आरोप खेपिरहेका मुख्यमन्त्रीसहित तीन जनाले लामो समयपछि आज सफाइ पाएका छन् ।

प्रतिक्रिया