ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद तीन दिन बाँकी

काठमाडौं / ङादी ग्रुप पावरको साउन १८ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । तर, अब यसमा आवेदन दिने म्याद आइतबारसहित ३ दिन मात्र रहेको छ । कम्पनीका अनुसार यस हकप्रद सेयरमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन ।
यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।
















विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया