एटिएम फोडेर चोरी गरेको अभियोगमा युवक पक्राउ
काठमाडौँ । पोखरा महानगर ३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (पूर्व) देवचुली नगरपालिका ५ घर भई कास्की पोखरा महानगर ३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङ छन् । उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरा महानगर २७ तालचोकस्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडेर साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको ग १० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको थियो ।
उनीमाथि चोरी तथा डाँकासम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया