जाजरकोटमा सेनाको क्याप्टेन हुँ भन्दै हिडने पक्राउ
मेरोन्यूज
२०७९ भदौ ६ गते १०:३३

जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्।
जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेका हो।
पक्राउ परेका गिरीका साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु फेला परे पछि पक्राउ गरिएको प्रहरी निरीक्षक पुस्कर पन्तले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका गिरीलाई अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया