हवाई उद्धारपछि आमो ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी । जिल्लाको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ । सिगास गाउँपालिका ६ थलाकी २० वर्षीया विन्दु धामीको उद्धारपछि ज्यान बचेको हो ।
नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्याइएकी विन्दुको ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए । आमा विन्दुको ज्यान जोगिए पनि शिशुको मृत्यु भएको छ ।
अस्पतालमा शल्यक्रिया गरेपछि विन्दु बाँचे पनि लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उद्धृत गर्दै दीपेन्द्रले बताए । ‘लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन्, छोरा रहेछ,’ उनले भने ।
आइबारदेखि सुत्केरी व्यथा लागेकी विन्दुको सोमबार मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो । समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकोप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे । आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नु पर्ने भएपछि सोमबार उद्धार गरिएको हो ।
सुविधा सम्पन्न अस्पतालसम्म लैजान हवाई उद्धारका लागि आवश्यक समन्वय गरिदिन सिगास गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया