ठूलो परिणामसहित लागु औषध कारोबारी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय लमजुङले ठूलो परिणाममा लागू औषधसहित बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै ठाउँबाट दुई जनाको साथबाट ३११ थान लागू औषधसहित पक्राउ गरेको हो ।
मर्स्याङ्दी गाउँपालिका ३ बस्ने २९ वर्षको दोर्जे भनी चिनिने भीम बहादुर तामाङ र बेँसीशहर नगरपालिका ८ बस्ने वर्ष ४२ का बमबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
प्रहरीले तामाङको साथबाट दुई एमएलको डाइजेपाम एम्पुल ९० थान, फेनारगन एम्पुल ८९ थान, नुफिन एम्पुल ८७ थान, दुई थान मोबाइल र नागरिकता बरामद गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए ।
यस्तै, अर्का लागू औषध कारोबारी कवाडी बमे भनी चिनिने बस्नेतको साथबाट दुई एमएलको डाइजेपाम एम्पुल १५ थान, फेनारगन एम्पुल १५ थान र नुफिन एम्पुल १५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्स्पेक्टर जगदीश रेग्मीले तामाङलाई आइतबार र बस्नेतलाई शुक्रबार लागू औषधहित पक्राउ गरिएको बताए । पक्राउ परेका तामाङ र बस्नेतलाई जिल्ला अदालत लमजुङबाट म्याद थप भई थप अनुसन्धान भइरहेको रेग्मीले बताए ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया