१३० भूमिहिन दलित परिवारलाई लालपुर्जा वितरण

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाउने बताएकी छन् । उनले उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम गरिसकेको बताइन् ।
कैलालाीको लम्कीचुहा नगरपालिका ३ को बादी बस्तीमा १३० भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनहरूको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्रै रोजगारी सिर्जना गर्ने बताएकी थिइन् ।
मन्त्री श्रेष्ठले संविधानमा लिपीबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको र भूमिहिन दलित तथा सुकुम्बासीको हक अधिकार स्थापित गर्र्न भूमि वितरणको काम गरिरहेको दाबी गरेकी थिइन् ।
उनले हालसम्म ५० हजारभन्दा बढी भूमिहिनलाई लालपूर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताइन् । उनले यही वर्षभित्र तीन सय पालिकाकाका पाँच लाख भूमिहिनलाई लालपूर्जा वितरण गर्ने बताएकी छन् ।

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया