आइतबार, वैशाख २७, २०८३

समानुपातिकतर्फका निर्वाचनका लागि १० भदौंबाट दल दर्ता

मेरोन्यूज २०७९ भदौ ८ गते ७:४६

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आब्हान गरेको छ ।

Advertisement
NiccNicc

आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो ।
निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौं देखी १२ भदौं सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

प्रतिक्रिया