आइतबार, पुष ६, २०८२

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

मेरोन्यूज २०७९ भदौ ८ गते १४:५७

काठमाडौँ । अमेरिकाको टेक्सासदेखि पूर्वी तटसम्मको आँधीले हवाई उडान अवरुद्ध भएको छ । वासिङ्गटन पोष्टको रिपोर्टअनुसार एक हजार ४८५ उडान रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।

प्रमुख एयरलाइन्समध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोष्टले जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडान ढिलो भएका छन साउद वेष्टका ४० प्रतिशत प्रभावित भएका छन् ।

खराब मौसमले जेटब्लुको ५२ प्रतिशत उडान तालिका अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।

प्रतिक्रिया