बुधबार, फागुन ६, २०८२

दुई आयोजनाको स्थलगत अनुगमनपछि मन्त्रालयलाई निर्देशन

मेरोन्यूज २०७९ भदौ ८ गते १५:११

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार समितिले तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफलपश्चात समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो निर्देशन दिएकी हुन् । उनले दुवै आयोजनाको समितिले स्थलगत अनुगमन गरेर प्रतिवेदनमा दिएका सुझाव र समस्या तत्काल समाधान गर्न अन्तर मन्त्रालय निर्देशन दिएकी हुन् ।

समितिले अन्तर मन्त्रालयअन्तर्गत अर्थ, वन, उर्जा मन्त्रालय समेतलाई दुवै आयोजनाका समस्या विषयमा जानकारी दिएर समस्या समाधान गर्न निर्देशन दिएकी हुन् । उनले भनिन्, ‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावमा समावेश विषयहरूलाई यथाशीघ्र कार्यानवयन गर्नका लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ ।’

सभापति सुवेदीले सबै मन्त्रालयहरूले समितिले दिएको निर्देशन पालना गरेर समितिलाई सहयोग गर्ने आशा रहेको बताइन् ।

प्रतिक्रिया