नेकपा एसले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । गत वर्ष नेकपा एमालेबाट विभाजन भई माधव नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन अर्थात भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रुपमा मनाउन लागेको हो ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार(आज) दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरूको पार्टी पुनर्गठन पश्चात पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा उभ्याएर संविधान जोगाएको बताए ।
उनले पार्टीले हालसम्म पाँच लाख सदस्यता वितरण गरिसकेको बताए । दुई लाखभन्दा बढी सदस्य पार्टीका विभिन्न कमिटीमा आवद्ध भइसकेको पनि उनले जानकारी दिए । त्यस्तै, पार्टीको निर्वाचन चिन्ह कलमको व्यापक प्रचार प्रसार भइसकेको उनले बताए ।

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया