नख्खु कारागारबाट कैदी फरार घटना : छानविन समिति गठन

काठमाडौँ । नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएको घटनाका सम्बन्धमा छानविन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रामेछापको पिल्पुङ गाउँपालिका–२ घर भई हाल नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु कारागारमा रहेका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकामा बुधबार सोही अस्पतालबाट फरार भएका थिए । उनी विसं २०७२ देखि २० वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए ।
उक्त घटनापछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुका प्रमुखलाई जिम्मेवारीबाट हटाई कैदीबन्दीको सुरक्षार्थ खटिएका प्रहरी कर्मचारीलाई पनि निलम्बन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
प्रहरी उपरीक्षक राठौरका अनुसार फरार रहेका बुढाथोकीलाई खोजतलासका क्रममा ललितपुरबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिकाको लुभु बसपार्क नजिकबाट हत्कडीसहित पक्राउ गरिएको छ ।















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया