सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरिका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको थियो ।
यसमा सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक ‘झण्डा’को विमोचन गरिएको थियो । कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. भागवान कोइरालाको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइ व्यक्त गर्दै र सकारात्मक सोचको बारेमा कुराहरु राख्दै उनले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव नभएको बताए ।
सिटिजन लिडरको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताए । उनले आगामी दिनमा बीमामा आबद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्न सिटिजन लिडरलाई प्रेरित गरेका थिए ।
कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।
समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व रहेको भावना व्यक्त गरेका थिए । यस संस्थाले सधै आफूहरुलाई माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुशी लागेको बताए ।














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया