सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२२’ सम्पन्न, उत्कृष्ट लिडर्स सम्मानित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटकोे पाचौँ संस्करण बिहीबार होटेल सोल्टीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरिका ४८ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको थियो ।
यसमा सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ३६० सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक ‘झण्डा’को विमोचन गरिएको थियो । कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. भागवान कोइरालाको उपस्थिति थियो । आफ्नो जीवनका भोगाइ व्यक्त गर्दै र सकारात्मक सोचको बारेमा कुराहरु राख्दै उनले आफूले मनदेखि चाहेको खण्डमा केही कुरा पनि असम्भव नभएको बताए ।
सिटिजन लिडरको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताए । उनले आगामी दिनमा बीमामा आबद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्न सिटिजन लिडरलाई प्रेरित गरेका थिए ।
कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए ।
समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेस्डरद्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा गर्व रहेको भावना व्यक्त गरेका थिए । यस संस्थाले सधै आफूहरुलाई माया गरेको र देशको भरपर्दाे लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउँदा खुशी लागेको बताए ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया