ब्राण्डेड मदिराको नक्कली कारखानामा छापा, पाँच जना पक्राउ

काठमाडौँ । आयातित मदिरा ब्ल्याक, डबल ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा सञ्चालित कारखानामा छापा मारेर ठूलो परिमाणमा नक्कली मदिरा बरामद गरेको हो ।
कारखानाबाट प्रहरीले ठूलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले कारखाना चलाएका थिए ।
नक्कली मदिरा बनाएको कसुरमा संलग्न बस्नेत र हरि वलीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बस्नेत मुख्य सञ्चालक हुन् । दोलखाको कालिञ्चोक घर भएका वली बिक्रेता हुन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका २ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीले नक्कली मदिरा तयार गर्ने गरेका थिए । वर्ल्ड दरबार नामको मदिरासँग पानी र केमिकल मिसाएर ब्ल्याक लेबल र डबल ब्ल्याक लेबल बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया